एनसेल मेला हुन नदिने नेकपाको घोषणा : ‘पर्यटन वर्षको बहानामा देश लुट्न पाइन्न’

प्रकाशित मिति : १७ मंसिर २०७६, मंगलबार  १० : २०


काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीले ‘एनसेल मेला २०७६’ हुन नदिने जनाएको छ । पार्टीका प्रवक्ता प्रकाण्डले प्रेस विज्ञप्ति जारी गर्दै ‘भ्रष्ट र देशद्रोही कम्पनीले ‘एनसेल मेला २०७८’ चलाउन खोजेकोमा पर्यटन वर्षको बहानामा देश लुट्न दिन नहुने’ उल्लेख गरिएको छ ।

एनसेलले नेपाल र नेपाली जनताको मर्यादा उल्लंघन गरेको, कर तिर्न अस्वीकार गरेको, नेपालका नेताहरुलाई घुस र एकाधिकार पूँजीको प्रभाव र दवावमा रहेको, न्यायिक निकायलाई खरिद गरेको र व्यापक भ्रष्टाचार गरेका कारण आफ्नो पार्टीले एनसेललाई कारवाही गर्दै आएको विज्ञप्तिमा उल्लेख छ । पर्यटन वर्षको बहानामा देश लुट्ने काम गरिरहेकाले एनसेल मेला नरोके कडा कारवाही गर्ने चेतावनी पनि दिइएको छ ।

विज्ञप्तिको पूर्णपाठ :


 


प्रतिक्रिया दिनुहोस्