काठमाडौँ । बागलुङको भीमगिठेमा जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्।
गुल्मीबाट कुल पूजाका लागि बागलुङको देवीस्थान आउँदै गरेको ग १ ज ५२१९ नम्बरको जीप बडीगाड गाउँपालिका–७ भीमगिठे भन्ने स्थानमा दुर्घटना हुँदा १४ जनाको ज्यान गएको हो।
जीप सडकबाट खोलामा खस्दा ९ महिला, ४ पुरूष र एक बच्चाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले पुष्टी गरेको छ। दुर्घटनामा गम्भिर घाइते भएका ३ जनालाई हेलिकप्टरबाट काठमाडौँ ल्याइने भएको छ। गृह मन्त्रालयले घाइतेको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर पठाउने तयारी भइरहेको जनाएको छ।