काठमाडौँ । बागलुङको भीमगिठेमा जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्।
गुल्मीबाट कुल पूजाका लागि बागलुङको देवीस्थान आउँदै गरेको ग १ ज ५२१९ नम्बरको जीप बडीगाड गाउँपालिका–७ भीमगिठे भन्ने स्थानमा दुर्घटना हुँदा १४ जनाको ज्यान गएको हो। उक्त जीव कार्की परिवारले कुल पूजाका लागि रिजर्भ गरेका थिए।
जीप सडकबाट खोलामा खस्दा ९ महिला, ४ पुरूष र एक बच्चाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले पुष्टी गरेको छ।
समाचारको विस्तृत विवरण आउँन बाँकी छ।