काठमाडौँ । ससुराली जाँदा आफूलाई लामखुट्टेले टोकेको भन्दै एक व्यक्तिले आफ्नै श्रीमती र सालीको हत्या गरिदिएका छन्।
हत्या गर्ने व्यक्ति भारतीय सेनामा कार्यरत थिए। यो घटना भारतको बिहारस्थित पटनाको हो। भारतीय सेनामा कार्यरत ती युवकले गुडिरहेको कारमा श्रीमती र सालीलाई गोली हानेर हत्या गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। गत आइतबार भएको यस घटनामा उनले साली र श्रीमतीको हत्यापछि आफूलाई पनि होली हानी हत्या गरेका हुन्।
जानकारीका अनुसार विष्णु शर्मा नामका ती सैनिक जवानलाई डेंगुको संक्रमण भएको थियो। उनले आफू ससुरालीमा बसेका बेला त्यहीँ आफूलाई लामखुट्टेले टोकेका कारण डेंगु भएको आशंका गरेका थिए।
उनले आफ्नो शंका कारमा जाँदै गरेका बेला श्रीमती र सालीलाई बताए तर उनीहरुले विष्णुको कुराको विरोध गरे । उनीहरुले आफ्नो कुराको विरोध गरेपछि विष्णुलाई रिस उठ्यो र उनले कारमै दुवैलाई गोली हानिदिए।
कार चलाइरहेका उनका कान्छा ससुरा मिथलेश ठाकुरले उनका दुई सन्तानलाई भने गाउँलेको सहयोगमा बचाएका छन्।