काठमाडौँ । बार्सिलोनाका स्टाइकर लिओनल मेस्सीले फेरि बालोन डी’ओर अवार्ड जितेका छन्।
फ्रान्स फुटबल म्यागजिनले प्रदान गर्ने यस अवार्डमा मेस्सी वर्षको उत्कृष्ट खेलाडी घोषित भएका हुन्। मेस्सीले यो अवार्ड प्राप्त गरेको छैटौँ पटक हो।
मेसीको यो छैटौं बालोन डी’ओर अवार्ड हो। यसका लागि उनले क्रिस्टियानो रोनाल्डो, साडियो माने र भिर्गिल भान डायकलाई पछि पारे।
मेसीले यसअघि सन् २००९, १०, ११, १२ र २०१५ मा यस अवार्ड जितेका थिए । रोनाल्डोले ५ पटक अवार्ड जितेका छन्।