वैदेशिक शिक्षाको लागि सहज यात्रा एप

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलबार  ५ : ५५


काठमाडौँ । सर्च एजुकेशन नेपालले वैदेशिक शिक्षाको लागि सहज यात्रा नामक एप बनाएको छ।

ओभरसिज एजुकेशन पोर्टल र मोबाइल एप मार्फत वैदेशिक शिक्षामा जाँदा आइपर्ने सम्पूर्ण समस्याहरुको समाधान दिन खोजेको छ।

विदेशमा अध्ययनका लागि जान खोज्दा सामना गर्ने अधिकांश समस्याहरूलाई समेत हटाउने सर्च एजुकेशन नेपालले विश्वास लिएको छ।

उक्त माध्यममा कोर्सहरू खोज्न, कोर्सहरू तुलना गरी छनौट गर्न, कोर्सहरूको लागि आवेदन दिन, विशेषज्ञ काउन्सलर लगायतको व्यवस्था रहेको एजुकेशन नेपालले जनाएको छ ।

सर्च एजुकेशन सन् २०१५ मा सिड्नी अस्ट्रेलियामा स्थापना भएको अन्तर्राष्ट्रिय शिक्षा परामर्शदाता संस्था हो। यस संस्थाले भारत, नेपाल र चिलीमा पनि आफनो कार्यालयहरू विस्तार गरेको छ ।

नेपालमा, सर्च एजुकेशनको काठमाडौं, दाङ र महेन्द्रनगरमा कार्यालय रहेको छ।


प्रतिक्रिया दिनुहोस्