काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्र्तगत सोमबार भएको खेलमा विश्व किर्तिमानी कायम गरेसँगै नेपाली क्रिकेटर अञ्जली चन्दको चर्चा नेपालमा मात्र नभई विदेशी मिडियामा पनि चलेको छ ।
टी २० अन्तर्राष्ट्रिय महिला क्रिकेटमा पहिलो खेल खेलिरहेकी न चन्दले २.१ ओभर बलिङ् गर्दै कुनै रन नदिई छ विकेट लिएकी छन् ।
'प्लेअर अफ द म्याच' घोषित चन्दको यो बलिङ् प्रदर्शन टी २० अन्तर्राष्ट्रिय महिला क्रिकेटमा सबैभन्दा उत्कृष्ट हो ।
बैतडीको दशरथ चन्द नगरपालिका ५ बास्कोट घर भएकि २५ बर्षीया चन्दले आजको खेलपछि खुसीसँगै जिम्मेवारी थपिएको प्रतिक्रिया दिइन् । आगामि दिनमा अझै राम्रो गर्दै जाने उनले बताइन् ।
विश्वकिर्तिमानी कायम गरेपछि नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले चन्दलाइृ बधाई दिएका छन् ।
Congratulations to Anjali chand for setting up a world record today in the Womens SAG Match against maldives.
Keep up the great work ..!!! pic.twitter.com/pt5SWAZ7dN— Paras Khadka (@paras77) December 2, 2019
सोमबारको रेकर्डसँगै अञ्जलीको चर्चा विदेशी मिडियामा समेत चलेको छ ।