काठमाडौं । पेट्रोल, डिजेल र मट्टितेलको मुल्य दुई रुपैंयाका दरले वृद्धि भएको छ । नेपाल आयल निगमले भाउ बढाएको हो । निगमले सोमबार विज्ञप्ति जारी गर्दै राति १२ बजेदेखि लागू हुनेगरी मूल्य वृद्धि गरिएको जनाएको हो ।
भारतको इन्डियन आयल कर्पोरेसनबाट भाउ बढेर आएका कारण नेपालमा मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।
अब काठमाडौं उपत्यकामा पेट्रोलको भाउ प्रतिलिटर १ सय ९ रुपैयाँ र मट्टितेल र डिजलको मूल्य प्रतिलिटर ९७ रुपैयाँ पुगेको छ । तर हवाई इन्धन र एलपी ग्याँसको मूल्य भने यथावत नै राखिएको निगमले जनाएको छ ।