काठमाडौं । सरकारले इन्धनको मुल्य बढाएको छ ।
नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य बढाएको हो । आयाल निगमका अनुसार राति १२ बजेदेखी कार्यन्वयन हुनेगरी २/२ रुपैयाँ मूल्य वृद्धि गरेको छ ।
ईण्डियन आयल कर्पोरेसनबाट १ डिसेम्बर २०१९ मा प्राप्त नयाँ खरिद मूल्यमा केही बढेर आएकाले मूल्य वृद्धि गरिएको निगमले जनाएको छ ।
मूल्य बढेसँगै अब काठमाडौंमा प्रतिलिटर १०९ तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ९७ रुपैयाँ प्रतिलिटर पुगेको छ।