तेह्रौँ साग : पुरुष भलिबलको कास्य श्रीलङ्कालाई

प्रकाशित मिति : १६ मंसिर २०७६, सोमबार  १ : ०७


काठमाडौं । तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत पुरुष भलिबलको कास्य पदक श्रीलङ्काले जितेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप)को कभर्ड हलमा तेस्रो स्थानका आगि आज भएको खेलमा श्रीलङ्काले बङ्गलादेशलाई ३–१ ले पराजित गरेको हो । 

बङ्गलादेशले पहिलो सेट २५–२३ अङ्कले जितेको थियो । त्यसपछि भने श्रीलङ्काले लगातार तीन सेट जित्दै खेल आफ्नो पक्षमा पा¥यो।

श्रीलङ्काले दोस्रो सेट २५–२०, तेस्रो सेट २५–१६ तथा चौथो सेट २५–२१ अङ्कले जितेको हो । पुरुष भलिबलको स्वर्ण पदकका लागि मङ्गलबार भारत र पाकिस्तान भिड्ने छन् । 

यस्तै महिला भलिबलतर्फ कास्य पदकका लागि अहिले बङ्गलादेश र माल्दिभ्सबीच खेल भइरहेको छ ।  


प्रतिक्रिया दिनुहोस्