काठमाडाैं । नेपालले १३ औँ दक्षिण एशियाली खेलकुद सागमा करातेमा सात र तेक्वान्दोमा पाँच स्वर्ण पदक जितेको छ। ट्रायथलनमा समेत ऐतिहासिक स्वर्ण पदक जितेको नेपालले स्वर्ण पदकको सङ्ख्या १३ पुर्याएको छ। नेपालले करातेमा सात, तेक्वान्दोमा पाँच र ट्रायथलनमा एक स्वर्ण जितेको हो। पछिल्लो पटक करातेमा अनु अधिकारी एवम् कुसुम खड्काले दुई र तेक्वान्दोमा आयशा शाक्य एवम् सन्जीवकुमार ओझाको जोडीले एउटा स्वर्ण पदक जितेको हो। शाक्य र करातेका मण्डेकाजी श्रेष्ठ दुई-दुई स्वर्ण जितेका छन्।
अधिकारीले ५० केजी तौल समूहको फाइनलमा श्रीलङ्काली खेलाडीलाई ८-० ले पराजित गरेकी हुन्। खड्काले बाङ्ग्लादेशी खेलाडीलाई हराएर ४५ केजी तौल समूहमा जितेकी हुन्। शाक्य र ओझाले भने २९ वर्षभन्दा माथिको जोडीको विधामा स्वर्ण जितेका हुन्। करातेका विप्लवलाल प्रधान र लक्ष्मण तामाङ अनि तेक्वान्दोकी शाक्य र पार्वती गुरुङले यसअघि सोमवार अपरान्ह स्वर्ण जितेका हुन्। प्रधानले पाकिस्तानी खेलाडीलाई ८४ केजीभन्दा माथि तौल समूहमा स्वर्ण पदक जितेका हुन्। शाक्य र गुरुङले एकल पुम्सेमा र तामाङले बाङ्ग्लादेशका खेलाडीलाई हराएर ५५ केजी तौल समूहमा स्वर्ण जितेका हुन्।
तेक्वान्दोमा चार स्वर्ण
तेक्वान्दोको एकल पुम्सेमा नेपालले चार स्वर्ण जितेको हो। महिला एकलमा आयशा शाक्यले २९ वर्षभन्दा माथिको विधामा, पार्वती गुरुङले २३ देखि २९ वर्षसम्मको विधामा र सीना मादेनले २३ वर्षमुनिको विधामा स्वर्ण जितेका छन्।
कराते महिला टिम कातामा स्वर्ण पदक नेपालले जितेको छ
कराते महिला टिम कातामा स्वर्ण पदक नेपालले जितेको छ उनले सागअगाडि बीबीसीसँग भनेकी थिइन्: "हामी सक्छौँ… स्वर्णका लागि योग्य छौँ।" त्यस्तै २३ देखि २९ वर्ष उमेर समूहको एकल पुम्से विधामा नेपालका कमल श्रेष्ठले स्वर्ण पदक जितेका हुन्। उनले भारतका राहुल जैनलाई हराएर स्वर्ण जितेका हुन्।
मण्डेकाजी श्रेष्ठको दुई स्वर्ण
श्रेष्ठले स्वर्ण जितेपछि नेपालले करातेबाट पहिलो स्वर्ण पदक प्राप्त गरेको थियो। पुरुष एकल कातामा मण्डेकाजी श्रेष्ठले फाइनलमा सोमवार पाकिस्तानी खेलाडी नियमातुल्लाहलाई पराजित गरेका हुन्। श्रेष्ठले २६.७२ अङ्क प्राप्त गरे भने नियमातुल्लाहले २४.९२ अङ्क प्राप्त गरेका थिए।
उनले महसुस तामाङ र प्रविन महर्जन सम्मिलित टिमबाट पनि स्वर्ण जिते। करातेमा महिला टिम कातामा नेपालले स्वर्ण जितेको हो। करातेको महिला टिम कातामा स्वर्ण जित्ने टोलीमा निर्मला तामाङ, सङ्गीता मगर र सरु कार्की रहेका छन्।
लामो प्रतिक्षा
जितपछि ३४ वर्षीय श्रेष्ठले भने, "मेरो ठूलो सपना पूरा भएको छ। देशका लागि पहिलो स्वर्ण जित्न पाउँदा म खुशी छु।" "यो मेरो लक्ष्य हो। लामो समयदेखि म यसको प्रतीक्षामा थिएँ।" तीन पटक राष्ट्रिय च्याम्पियन रहेका श्रेष्ठ नेपाल प्रहरीको टोलीबाट खेल्ने गर्छन्।
ट्रायथलनको ऐतिहासिक स्वर्ण
महिलातर्फको एलिट स्प्रीन्ट प्रतिस्पर्धामा नेपालकी सोनी गुरुङले एक घण्टा १३ मिनेट ४५ सेकेण्डमा निर्धारित दुरी पुरा गर्दै स्वर्ण जितेकी हुन्। उनले भारतीय खेलाडीलाई १५ सेकेण्डले पछाडि पारिन्। त्यस्तै नेपालले करातेमा दुई र तेक्वान्दोमा एक स्वर्ण पदक जितेको छ।
ट्रायथलन प्रतिस्पर्धामा नेपालकी सोनी गुरुङ् (कालो वस्त्रमा)। उनले स्वर्ण जितिन्
पोखरामा भएको ट्रायथलन प्रतिस्पर्धामा गुरुङले भारतका दुई खेलाडीलाई पछाडि पारेकी थिइन्। ट्रायथलनमा पौडी, साइकल दौड र दौड समावेश हुन्छ। पुरुष ट्रायथलनमा नेपालका बसन्त थारुले कास्य पदक जिते। भारतीय खेलाडी आदर्श सिनीवालले यसमा स्वर्ण जितेका छन्।
-बीबीसी