बलात्कार गरेको आरोपमा पक्राउ परेका सिद्धबाबालाई ४ दिन थुनामा राख्न आदेश

प्रकाशित मिति : १६ मंसिर २०७६, सोमबार  १० : ४०


काठमाडाैं ।  नेपालका उच्च पदस्थ व्यक्तिसँग निकट रहेका बलात्कार आरोपी  सिद्धबाबा कृष्णदासजी महाराज भनिने कृष्णदास गिरीलाई चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।  जिल्ला अदालत सुनसरीका न्यायाधीश धर्मराज पौडेलको इजलासले चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई म्याद दिएसँगै उनीमाथिको थप अनुसन्धान प्रक्रिया शुरु भएको छ ।

  सिद्धबाबालाई सोमबार बिहान जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले पक्राउ गरेको थियो। विराटनगरस्थित विराट नर्सिङ होमको आइसियूबाट सिद्धबाबालाई प्रहरीले पक्राउ गरेको थियो ।  प्रहरीले म्याद थप गरेपछि पुनः उनलाई विराट नर्सिङ अस्पताल नै लगिएको छ। सिद्धबाबाविरुद्ध बलात्कार प्रयासको उजुरी शुक्रवार दिउँसो जिल्ला प्रहरी कार्यालय सुनसरीमा दर्ता भएको थियो।  सिद्धबाबालाई आरोप लगाउने महिलाका बारेमा पनि प्रहरीले अनुसन्धान थालेको बुझिएको छ। 


प्रतिक्रिया दिनुहोस्