काठमाडाैं । भारतको बहुराष्ट्रिय कम्पनी रिलायन्स इन्डस्ट्रिजका प्रमुख मुकेस अम्बानी गुगलका सीईओभन्दा धनी व्यक्ति बनेका छन् । कुल ६० अर्ब अमेरिकी डलर सम्पत्तिसहित अम्बानी फोब्र्सले सार्वजनिक गर्ने द रियल टाइम बिलियनर्स सूचीमा नवौं स्थानमा उक्लिएका हुन् ।
उक्त सूचीमा अमेजनका संस्थापक तथा सीईओ जेफ बेजोस पहिलो स्थानमा रहेका छन् । फोब्र्सले सार्वजनिक गर्ने रियल टाइम अर्बपति सूचीले विश्वका धनी व्यक्तिहरूको सम्पत्तिमा आउने दैनिक उतारचढावको हिसाब गर्दछ । जसअनुसार, गत बिहीबार रिलायन्स कम्पनीको शेयरमा उछाल आएसँगै अम्बानी विश्वका टपटेन धनाढ्यको सूचीमा भित्रिन सफल भएका हुन् । दोस्रो स्थानमा माइक्रोसफ्टका संस्थापक बिल गेट्स छन् । उनको सम्पत्ति १ खर्ब ७ अर्ब ४० करोड डलर रहेको छ ।
त्यस्तैLVMH Moet Hennessy Louis Vuitton कम्पनीका प्रमुख तथा सीईओ बर्नार्ड आर्नोउल्ट १ खर्ब ७ अर्ब २० करोड डलरसहित तेस्राे स्थानमा छन् । त्यस्तै, वारेन बफेट ८६ अर्ब ९० करोड डलरसहित चौथो स्थानमा छन् भने फेसबुक सीईओ मार्क जुकरबर्ग ७४ अर्ब ९० करोड डलर सहित पाँचौ स्थानमा रहेका छन् ।