२६ लाख भारतीय रुपियाँसहित तीनजना कैलालीबाट पक्राउ

प्रकाशित मिति : १६ मंसिर २०७६, सोमबार  ८ : २८


काठमाडाैं । २६ लाख भारतीय रुपियाँसहित तीनजनालाई कैलाली प्रहरीले पक्राउ गरेको छ । कैलाली भजनी नगरपालिका ८ का एकेन्द्र भण्डारी, बर्दगोरिया गाउँपालिका ४ की शर्मिला खड्का र बसन्ती पोखरेल जैशीलाई पक्राउ गरी आइतबार सरकारी वकील कार्यालय धनगढीमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरुले उक्त रकम गत कात्तिकमा भारतको बैङ्लोरबाट चोरी गरेर ल्याएको थिए । पैसा लिएर नेपाल आएका उल्लेखित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिई सार्वजनिक हितविरुद्धको कसुरमा मुद्दा चलाई तीनै जनालाई राजस्व अनुसन्धान विभाग कोहलपुरको जिम्मा लगाइने प्रहरीले जानकारी दिएकाे छ । 


प्रतिक्रिया दिनुहोस्