सार्वजनिक ठाउँका विज्ञापन सात दिनभित्र हटाउन महानगरको निर्देशन

प्रकाशित मिति : १६ मंसिर २०७६, सोमबार  ८ : १६


काठमाडौँ । काठमाडौँ महानगरले सार्वजनिक ठाउँका सम्पूर्ण विज्ञापन सात दिन भित्र हटाउन निर्देशन दिएको छ ।

आज महानगरले एक सूचना जारी गर्दै घर, कम्पाउण्ड, छत, बिजुलीका पोल, सडकमा राखिएका डिभाइडर लगायतमा राखिएका पर्चा पम्पलेट, भित्तेलेखनजस्ता अनधिकृत विज्ञापन बोर्ड आफै हटाउन निर्देशन दिएको हो ।

आफैले नहटाए महानगरले हटाउन लाग्ने खर्च समेत असुली गर्ने जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्