काठमाडाैं । सुत्नु स्वास्थ्यका लागि फाइदाजनक रहेको छ । कुनै पनि मानिसले दिनमा कम्तिमा पनि ८ घण्टा सुत्नुलाई प्रभावकारी मानिन्छ । पर्याप्त निन्द्राकाे अभावमा मानव स्वास्थ्यमा गम्भिर असर देखा पर्छ।
निन्द्राको अभावमा स्वास्थ्यमा अनेक प्रकारका समस्या देखिने गर्छन । हाम्रो जीवनको लगभग एक तिहाई हिस्सा निन्द्राको हुन्छ । हामी अत्याधिक खुसि या दुखि भएको बेला राम्रोसंग निन्द्रा पर्दैन।
चमेरो एक दिनमा २० घण्टासम्म सुत्छ जबकी जिराफ दिनको २ घण्टा मात्र । एक अध्ययन अनुसार दिनमा ७ घण्टा भन्दा कम सुत्ने मानिसलाई विभिन्न भाईरल संक्रमणहरुले छिट्टै समात्ने गर्छ । कुनै पनि मानिस खाना नखाएर २ महिनासम्म बाँच्न सक्छ तर नसुत्ने मानिस ११ दिन भन्दा बढी जीवित रहन सक्दैन। निदाईसकेपछि हाम्रो शारीरिक कार्यप्रणाली त चलिरहेको हुन्छ नै तथापी सुँघ्ने क्षमता भने अवरोध आएको हुन्छ।