जापानमा नेपाली युवतीबीच ग्याङफाइट, नाककै डाँडी भाँचियो

प्रकाशित मिति : १६ मंसिर २०७६, सोमबार  ६ : ५८


काठमाडौँ । जापानमा नेपाली युवतीबीच ग्याङफाइट भएको छ। अध्ययनका लागि जापान पुगेका ४ नेपाली युवतीबीच कुटाकुट भएको हो। 

उनीहरु चारै जना एउटै कोठामा बस्दै आएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। ग्याङफाइटमा सुनिता पौडेल नाम गरेकी युवतीको नाकको डाँडी नै भाँचिएको छ। 

कोठामा फोन गर्दा ठूलो स्वरले बोलेको सामान्य विवादले उग्ररूप लिएपछि कुटाकुट भएको बताइएको छ।

स्थानीय सञ्चार माध्यमका अनुसार गत नोभेम्बर २६ तारिख मंगलबार जापानको साईतामा नजिक रहेको टोक्यो फूकोसी दाईगाक्कोमा अध्यनररत सुनितालाई सँगै बस्ने आफ्नै तीन जना साथीले मरणासन्न हुने गरी कुटपिट गरेका हुन्। 

कुटपिटमा संग्लन तीन जना ओमोतेनासी जापानी स्कुलमा अध्ययन गर्दै आएका थिए। साईतामाको तोडा हस्पिटलमा उपचाररत पौडेलको नाक, जिउ र आँखामा गहिरो चोट लागेको छ। उनको नाकको शनिबार सफल अप्रेसन भएको छ।

पीडित सुनितकाअनुसार सँगै कोठामा बस्ने उरुशा लामा, शोभा गुरुङ र यानु गुरुङले कुटपिट गरेका हुन्। 

कुटपिटमा संग्लन दुई जनालाई प्रहरीले पक्राउ गरेर थुनामा राखेको छ भने एकजनालाई भने छोडेको छ। 


प्रतिक्रिया दिनुहोस्