अध्ययन अध्यापनको क्षेत्रमा सधैं सफल हुने यी छ राशीहरू : हेर्नुहोस् आजको राशीफल

प्रकाशित मिति : २९ फाल्गुन २०७८, आइतबार  ६ : ०६


आजको पञ्चाङ्ग  : २०७८  फाल्गुन २९  रविबार ,शुक्ल दशमी  तिथि ,सूर्योदय : ;१९ सूर्यास्त :१८ :१० , मार्च : १३ ,२०२२ शोभन गर पुनर्वसु

                                                                    आचार्य ज्यो .माधवप्रसाद भुसाल ९८४५६११७०२

मेष राशि  : चु चे चो ला लि लु ले लो

 

 पाईको आजको दिन मध्यम प्रकृतिको रहने छ  | प्रशासनिक पाटो केहि राम्रो रहे तापनि शैक्षिक अनि आर्थिक क्षेत्रमा धेरै चुनौती व्यहोर्नु पर्ने देखिन्छ |शेयर लगानी गर्दा विचार पुर्याउनु राम्रो देखिन्छ |साक्षात् देव सूर्यको दर्शन र पूर्व दिशाको यात्रा तपाईंका लागि   अर्थपूर्ण देखिनेछ |

 

 बृष राशि : , बा बि बु बे बो

 

 समय तपाइको पक्षमा छ  |हरेक निर्णयले हजुरलाई झनै सफल बन्न अभिप्रेरित गर्ने देखिन्छ  | आर्थिक क्षेत्रमा ठुलो फड्को मार्ने देखिन्छ  | समयलाई चिन्न सकेमा नया कार्यको थालनीको योग पनि आजको दिन रहने छ | भगवान शवको आराधना उपयुक्त देखिन्छ  |

 

 मिथुन राशि  का की कु के को हा

 

समय केहि विवादास्पद रहेको छ  |  आफूले सकारात्मक धारणा राखेर गरेका कार्यकलाप पनि अरूका लागि नकारात्मक बन्ने देखिन्छ  | आर्थिक क्षेत्रमा लगानी नगर्नु नै  श्रेयस्कर देखिन्छ  तर विद्यार्थी वर्गका लागि भने दिन उत्तम   देखिन्छ |

 

कर्कट राशि :हि हु हे हो डा  डी डु डे डो

 

   आज तपाईंको दिन राम्रो देखिँन्छ  | सानो सानो कुरामा पनि खुसी प्राप्त हुने छ   | आफ्नो   व्यवहारले अरूलाई प्रभावित पार्नु हुने छ  | आर्थिक पक्ष सुधार भएर जाने देखिन्छ |  अध्ययन आध्यापन पनि राम्रो देखिन्छ  |

सिंह राशि मा मि मु मे मो टा टि टु टे

 

समय उत्तम छ  | हरेक कार्य सकारात्मक मार्गतर्फ डोर्याउने खालका देखिन्छनन् | सबैले हजुरको विचार अनुसरण गर्ने छन् | आर्थिक पाटोमा पनि छलाङ्ग मार्ने देखिन्छ | पूर्व दिसा अनि सूर्य देवको आराधना अर्थपूर्ण देखिन्छ |

 कन्या राशि  टो पा पी पू  पे पो

 

 आजको दिन   सफल  छ | लामो समय बन्न नसकेका काम बन्ने देखिन्छ |   हनुमानको प्रार्थना यहाका लागि राम्रो गुने छ  |  आर्थिक क्षेत्रमा पनि परिवर्तनको योग छ | लामो समयको प्रतीक्षा समाप्त हुने देखिन्छ |

 

तुला राशि रा री रू रे रो ता ति तु ते

 

 तुला राशि हुने तपाईको  आजको दिन   सफल  छ | लामो समय बन्न नसकेका काम बन्ने देखिन्छ |   आर्थिक पाटो पनि सफल  छ | पश्चिम दिको यात्रा सफल छ |अध्ययन क्षेत्र पनि सफल छ |

वृश्चिक राशि तो ना नि नु ने नो या यी यूशा

 

 पाइको आजको दिन अत्यन्त शुभ रहनेछ | | आध्यात्मिक विषयप्रति रुचि बढेर जाने देखिन्छ |  सन्तान बाट पनि खुसी  प्राप्त  हुने देखिन्छ | अध्ययनतर्फ भने केहि सचेत हुनु पर्ने देखिन्छ   | आर्थिक पाटो मध्यम छ |

 धनु राशि ये यो भा भी  भू फा ढा भे

 

 ज तपाईंको दिन  केहि जटिल अवस्थाको छ | लेनदेनमा  सावधानी अपनाउनुहोला | यात्रामा  लाग्दा हनुमानको  स्मरण  गरेमा दुर्घटनाबाट बच्न सकिन्छ | सबैको प्रिय बन्न सकिन्छ  | अध्ययन मार्ग भने सफल देखिन्छ |

 मकर राशि भो जा जी  खि खु खे खो गा गी

 

 मकर राशि हुने तपाइको आजको दिन अत्युत्तम रहेको छ | सर्वपक्षीय प्रगतिको योग छ  | आर्थिक मार्ग सफल छ | प्रेम प्रस्ताब आउने योग समेत रहेको छ | विद्यार्थी वर्गका लागि पनि दिन सफल रहने छ |

 कुम्भ राशि गु गे गो सा सी सु से सो दा

 आजको दिन मध्यम प्रकृतिको दिन हो  || पेटको समस्या केहि मात्रामा देखा पर्छ |खानपानमा विचार पुर्याउनु पर्ने देखिन्छ   | आर्थिक पाटोमा सचेत भएर लगानी गर्दा राम्रो हुने छ | अध्ययन क्षेत्र भने सफल नै देखिन्छ |

 

 मीन राशि दि दू दे दो चा ची

 

  |  तपाईको आजको दिन मध्यम रहने छ  | साथीहरूसंग रमाउने पल हो |आफ्नो ख्याति सर्वत्र फैलिन्छ |अध्ययन र आर्थिक पाटोमा भने केहि मात्रामा मात्र सफल हुने योग छ | पूर्व दिशाको यात्रा उपयुक्त हुने देखिन्छ

 

                                         सूर्याय नम:

 

 


प्रतिक्रिया दिनुहोस्