सागमा नेपाललाई तेस्रो स्वर्ण, तेक्वान्दोमा श्रीलंका र भारत पराजित

प्रकाशित मिति : १६ मंसिर २०७६, सोमबार  ६ : ११


काठमाडौँ । १३ औँ दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले तेस्रो स्वर्ण पदक जितेको छ। तेक्वान्दोको पुम्सेमा नेपालका कमल श्रेष्ठले स्वर्ण पदक दिलाएका हुन्। 

२३ देखि २९ वर्षमुनीको तेक्वान्दोको पुम्सेमा श्रेष्ठले श्रीलंका र भारतका खेलाडीलाई पछि पार्दै स्वर्ण जितेका हुन्। 

उनले ८।२७० अंक जोडे । ८।२०० अंक जोडेका भारतीय खेलाडीले कास्य जित्दा ८।१५० अंक जोडेका श्रीलंकाली खेलाडी कास्यमा चित्त बुझाए।

यसअघि कराते मण्डेकाजी श्रेष्ठ र चञ्चला दनुवारले नेपाललाई स्वर्ण दिलाएका थिए। 


प्रतिक्रिया दिनुहोस्