काभ्रे। एमसीसी पास गरेर नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रघात गरेको भन्दै काभ्रेमा उक्त पार्टी परित्याग गरेर दर्जन बढी नेता तथा कार्यकर्ताहरु विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन्।
बनेपामा एक कार्यक्रमको आयोजना गरेर ती नेता तथा कार्यकर्ताहरु नेकपामा प्रवेश गरेको नेकपाले जनाएके छ।
पार्टी प्रवेश कार्यक्रममा बोल्दै विप्लव नेकपाका केन्द्रीय सदस्य तथा काभ्रे जिल्ला इञ्चार्ज मोहलाल चन्द ‘आधार’ ले राष्ट्रघात गर्नेहरुका विरुद्ध क्रान्तिकारीहरु ध्रुवीकरण हुने समय आएको बताए।
कार्यक्रममा बोल्दै जिल्ला इन्चार्ज आधारले अब देशव्यापी रुपमा माओवादी केन्द्र छोडेर देशभक्त तथा राष्ट्रवादी नेता तथा कार्यकर्ताहरु आफूहरुको पार्टीमा प्रवेश गर्ने लहर आउने बताए।
पार्टी प्रवेश कार्यक्रमबाट माओवादी केन्द्र परित्याग गरेर सो पार्टीमा प्रवेश गर्नेहरुमा बनेपाबाट माओवादी केन्द्र परित्याग गरि वडा सचिव हरि प्रसाद श्रेष्ठ, कमान सिह ओली रहेका छन् भन्ने अर्का स्वतन्त्र व्यक्ति राजेन्द्र बस्नेत र रामबहादुर थापा रहेका छन्।