जम्मु कस्मिरमा भारतीय सेनाको चिता हेलिकप्टर दुर्घटनाग्रस्त, पाइलटको खोजी जारी

प्रकाशित मिति : २७ फाल्गुन २०७८, शुक्रबार  ३ : १४


जम्मु। भारतको जम्मु कस्मिरको गुरेज सेक्टरमा आज शुक्रबार भारतीय सेनाको चिता हेलिकप्टर दुर्घटनाग्रस्त बनेको छ।

समाचार संस्था एएनआईका अनुसार चिता हेलिकप्टर दुर्घटनाग्रस्त बनेपछि सो हेलिकप्टरमा सवार पाइलटसहितका चालकदल सदस्य बेपत्ता भएका छन्।

यतिबेला हेलिहप्टर दुर्घटनामा परेको क्षेत्रमा उद्धार टोली खटाइएका छन्।

भारतीय अधिकारीका अनुसार चिता हेलिकप्टर एक इन्जिन हेलिकप्टर हो। भारतीय सेनासँग यस्ता २ सय हेलिहप्टर छन्।

हालसम्म ३० वटा यस्ता हेलिकप्टर दुर्घटनामा पर्दा ४० सेनाको ज्यान गइसकेको द प्रिन्टले जनाएको छ।

यो हेलिकप्टरलाई मृत्युको पासो समेत भनेर चिन्ने गरिन्छ किनभने यसमा एउटा मात्र इन्जिन हुन्छ। एउटा इन्जिन फेल खादा हेलिकप्टर दुर्घटनामा पर्ने निश्चित हुन्छ।


प्रतिक्रिया दिनुहोस्