काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारतबीचको सीमा विवादबारे आवश्यक संवाद गरी निकास निकाल्न नेपालका तर्फबाट विशेष दूत नयाँ दिल्ली पठाउने तयारी गर्नुभएको छ।
भारतले हालै जारी गरेको आफ्नो नक्सामा नेपाली भूमि कालापानी, लिपुलेक, लिम्पियाधुरालगायतका भूभागलाई पुनः समावेश गरेपछि सो भूमि फिर्ता गराउन सरकारमाथि दबाब पर्दै आएको छ।
प्रधानमन्त्री ओलीले पनि भारतबाट अतिक्रमण भएको नेपाली भूमि कुटनीतिक पहलमार्फत फिर्ता गरिने प्रतिबद्धता जनाउँदै कालापानीबाट भारतीइ सेना हट्नुपर्ने बताउँदै आउनुभएको छ।
नेकपा स्रोतका अनुसार पार्टी वरिष्ठ नेता तथा विदेश विभाग प्रमुख माधवकुमार नेपालको नेतृत्वमा विशेष दूत नयाँदिल्ली पठाउने तयारी प्रधानमन्त्री ओलीले गर्नुभएको छ। आजको राजधानी दैनिकमा खबर छ।