काठमाडौँ। बलात्कारको आरोप लागेका सिद्ध बाबा भनिने कृष्णराज गिरीलाई प्रहरीले आइसियूबाटै पक्राउ गरेको छ।
सिद्दबाबालाई सोमबार बिहान ४ बजेतिर बिराट नर्सिङ होमको आइसियूबाट पक्राउ गरिएको सुनसरी प्रहरी प्रवक्ता डिएसपी विनोद शर्माले जानकारी दिनुभयो।
जिल्ला प्रहरी कार्यालय सुनसरीले सिद्दबाबा विरुद्ध मुदा दायर गरेपछि शुक्रबार अदालतले उनलाई पक्राउ गर्न आदेश पाएको थियो।
आफू पक्राउ पर्ने थाहा पाएपछि उनी शुक्रबार विहानै विराट नर्सिङ होममा भर्ना भएका थिए। उनको मुटुमा समस्या रहेका र डाक्टरहरुले पनि नलैजान आग्रह गरेपनि प्रहरीले सुविधा सम्पन्न एम्बुलेन्समा राखेर अस्किजनसहित उनलाई पक्राउ गरिएको जनाएको छ।
उनीमाथि आफ्नै अनुयायी एक महिलालाई आश्रममा बोलाएर बलात्कार गरेको उजुरी परेको छ।