किभ। रुसले युक्रेनमा आक्रमण थालेको आज १६ दिन पुग्दैछ। आज रुसी सेनाहरु युक्रेनको राजधानी किभ नजिकै देखिन थालेका छन्।
आजै रुसले युक्रेनको लुत्स्क र इभानो–फ्रान्कइभ्स्कमा आक्रमण थालेको पनि क्रेमलिनले पुष्टि गरेको छ।
यो दुई क्षेत्रमा रुसी सेनाले पहिलोपटक आक्रमण थालेको हो। बीबीसीका अनुसार रुसले हवाई तथा थल आक्रमण गरेपछि यी क्षेत्रहरुका भवन जलेको दृश्यहरु सार्वजनिक भएका छन्।