सामाजिक कार्य गरी सेञ्चुरी बैंकको ११औं वार्षिकोत्सव सम्पन्न

प्रकाशित मिति : २७ फाल्गुन २०७८, शुक्रबार  १२ : ०४


काठमाडौँ। सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको ११औं वार्षिकोत्सव सम्पन्न भएको छ।

बिहीबार वार्षिकोत्सवको अवसरमा बैंकको केन्द्रीय कार्यालय पुतलीसडकमा एक कार्यक्रमको आयोजना गरिएको थियो। साथै विभिन्न शाखाहरुले विभिन्न ठाउँमा सामाजिक कार्य गरेर पनि वार्षिकोत्सव मनाएको बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठले जानकारी दिएका छन्।

एघार वर्ष अघि स्थापित बैंकको त्यसबेला चुक्ता पूँजी २ अर्व, निक्षेप परिचालन १ अर्ब ३५ करोड, ऋण प्रवाह १ अर्ब १८ करोड थियो। त्यसबेला ४४ जना कर्मचारीबाट बैंकको सुरुवता भएको बैंकका अध्यक्ष श्रेष्ठको भनाई छ।

अध्यक्ष श्रेष्ठका अनुसार अहिले बैंकको चुक्ता पूँजी ९ अर्ब ५५ करोड, निक्षेप परिचालन ९२ अर्ब ५७ करोड, ऋण प्रवाह ८८ अर्ब ५९ करोडभन्दा बढी छ। साथै अहिले बैंकको एघार सयभन्दा बढी कर्मचारी छन्।

कार्यक्रममा दश वर्षदेखि निन्तर काम गर्ने ४८ जना कर्मचारीहरुलाई कदरपत्रसहित सम्मान गरिएको थियो।

वार्षिकोत्सवको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विभिन्न क्षेत्रमा बैंकले सहयोग समेत गरेको छ।

हिजो नै लुम्बिनी आँखा अस्पताललाई ४ लाख २ हजार २ सय ८० रुपैयाँ सहयोग गरिएको थियो।

त्यस्तै गोविन्द मेमोरियल एकेडेमी दिङ्ला भोजपुरलाई एक लाख, भोजपुर नगरपालिकामा आयोजित स्वास्थ्य शिविरलाई ५० हजार, नेपाल रेडक्रस सोसाईटी कमलामाई सिन्धुलीलाई एक लाख सहयोग गरिएको बैंकले जनाएको छ।

यस बैंकको १२९ शाखा, १० एक्सटेन्सन काउन्टर, २६ शाखारहित बैंकिङ्ग र ११३ एटिएम रहेका छन्।


प्रतिक्रिया दिनुहोस्