कुलमान घिसिङको उज्यालो अभियानको कथा बताउने ‘बादलहरु’ (भिडिओ)

प्रकाशित मिति : २७ फाल्गुन २०७८, शुक्रबार  ११ : ०३


काठमाडौँ। कुलमान घिसिङको उज्यालो अभियानको कथा बताउने ‘बादलहरु’ नामक म्युजिक भिडियो सार्वजनिक भएको छ।

कुलमान स्वयंको उपस्थितिमा राज के गोस्वामीको स्वर रहेको म्युजिक भिडियो सार्वजनिक भएको हो।

यस गीतको रचना सुरक्षा पन्तले र संगीत मानव सुवेदीले तयार गरेका हुन्।

सुरक्षा पन्तकै पटकथा रहेको भिडियोलाई मानव सुवेदीले निर्देशन गरेका छन्।

गीतको भिडियोले गाउँमा बिजुली ल्याउन संघर्ष गर्ने एक इन्जिनियर र ऊसँग जोडिएका थप दुई पात्रको कथा प्रस्तुत गर्छ।

No description available.

सार्वजनिक कार्यक्रममा अभिनेता राजेश हमाल, गायक राजेश पायल राई, सुगम पोखरेल, शिव परियार, धर्मेन्द्र सेवानले गायक गोस्वामीलाई शुभकामना दिएका थिए।

ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत् सार्वजनिक भएको म्युजिक भिडियोलाई सुशील सापकोटाले छायांकन गरेका छन्।

भिडियोको सम्पादन मानव स्वयंले गरेका छन्।

(भिडिओ)


प्रतिक्रिया दिनुहोस्