ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा आगलागी, एक वृद्धाको मृत्यु

प्रकाशित मिति : २७ फाल्गुन २०७८, शुक्रबार  १० : ३९


ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–४ मा आगलागी हुँदा एक वृद्धाको ज्यान गएको छ । कोप्चेको पुरानो गोसलाइनमा भएको आगलागीमा ६७ वर्षीया चुलीमाया लिम्बूको मृत्यु भएको फुङ्लिङ नगरपालिकाका मेयर छत्रपति प्याकुरेलले जानकारी दिए ।

सुरक्षा फौज र फुङ्लिङ नगरपालिकाको दमकलको सहायतामा आगो नियन्त्रणमा लिइएको छ । आगलागी हुनुको कारण खुल्न सकेको छैन । स्थानीय रबिन लिम्बुको घरबाट सुरु भएको आगोले छिमेकी संगिता मादेनको घर पूर्ण रुपमा क्षति भएको छ ।


प्रतिक्रिया दिनुहोस्