काठमाडौँ । बागलुङ–२ (ख) प्रदेशसभा सदस्यमा बाम गठबन्धनका उम्मेद्वार विजयी हुनुभएको छ।
गएराति सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार बामगठवन्धनका उमेदवार राष्ट्रिय जनमोर्चाका खीमबिक्रम शाही ११ हजार २३५ मतसहित विजयी हुनभएको हो। उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेद्वार जीतबहादुर शेरचनको पक्षमा ९ हजार १३८ मत खसेको थियो। शेरचनको यो दोस्रो हार हो।
प्रथम प्रदेशसभा सदस्यको निर्वाचनमा नेकपा राजमो बामगठवन्धनबाट राष्ट्रिय जनमोर्चाका टेकबहादुर घर्तीले ११,८८४ मत ल्याएर निर्वाचित हुनुभएको थियो। त्यस निर्वाचनमा पनि नेपाली कांग्रेसबाट जीतबहादुर शेरचन नै निकटतम प्रतिद्वन्द्वी हुनुहुन्थ्यो। उहाँले ८,६२४ मत ल्याउनुभएको थियो।