दाङ ३ (ख)मा नेकपाकी विमला वली फराकिलो मतान्तरसहित विजयी

प्रकाशित मिति : १५ मंसिर २०७६, आइतबार  ६ : ३४


काठमाडौं । दाङ– ३ (ख)को उपनिर्वाचनको मतगणनाको अन्तिम परिणामअनुसार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की उम्मेदवार विमला वली विजयी हुनुभएको छ । वलीले ५ हजार १ सय ४ मतको फराकिलो अन्तरले विजय हासिल गर्नुभएको हो ।

नेकपाकी उम्मेदवार वलीले २४ हजार २ सय ८६ मत प्राप्त गरेर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका केशवराज आचार्यले १९ हजार १ सय ८२ मत प्राप्त गर्नुभएको छ । 

अन्तिम मतगणना परिणामको औपचारिक घोषणा हुन भने बाँकी रहेको छ ।


प्रतिक्रिया दिनुहोस्