तेह्रौँ साग : भारत र पाकिस्तान पुरुष भलिबलको फाइनलमा

प्रकाशित मिति : १५ मंसिर २०७६, आइतबार  ५ : ३१


भारत र पाकिस्तान १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)अन्तर्गत पुरुष भलिबलको फाइनलमा प्रवेश गरेका छन् । आज भएका सेमिफाइनल खेलमा भारतले श्रीलङ्कालाई तथा पाकिस्तानले बङ्गलादेशलाई पराजित गरेको हो ।  

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद्को कभर्ड हलमा भएको पहिलो सेमिफाइनलमा भारतले श्रीलङ्कालाई २७–२५, २५–१९, २१–२५ र २५–२१ अङ्कले पराजित ग¥यो । अर्को सेमिफाइनलमा पाकिस्तानले बङ्गलादेशलाई २५–१५, २५–२१ र २६–२४ अङ्कले हराएको हो । 


प्रतिक्रिया दिनुहोस्