भन्सार एजेन्टको परीक्षा स्थगित गर्न अदालतको आदेश

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहिबार  ८ : १२


काठमाडौं । उच्च अदालत पाटनले शनिबार हुन लागेको भन्सार एजेन्टको परीक्षा स्थगित गर्न अन्तरिम आदेश जारी गरेको छ।

उच्च अदालतका न्यायाधीश भोजराज अधिकारीको एकल इजलासले चैत ६ गते सम्म भन्सार एजेण्टको परीक्षा स्थगित गर्न भन्सार विभागलाई आदेश दिएको हो।


प्रतिक्रिया दिनुहोस्