बाग्लुङ । बागलुङ २ (ख) मा भएको प्रदेशसभा उपनिर्वाचनको पछिल्लो मत परिणामअनुसार वाम गठबन्धनको तर्फबाट राष्ट्रिय जनमोर्चाका उम्मेदवार खिमविक्रम शाहीले मतान्तर फराकिलो बनाउँदै लैजानु भएको छ । शाहीले ७४७ मतले अग्रता लिइरहनु भएको छ ।
राजमो उम्मेदवार शाहीले ६११६ मत ल्याउँदा प्रतिष्पर्धी नेपाली कांग्रेसका उम्मेदवारको ५३६९ मत रहेको छ । हालसम्म ११ हजार १८७ मतगणना भएको बताइएको छ ।
ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिका रहेको यस क्षेत्रमा कुल मतदाता संख्या ३५ हजार १ सय ८४ रहेको छ । जसमा २१ हजार ८ सय ९५ (६१ प्रतिशत) मत खसेको थियो । हालसम्म ढोरपाटन १,२, ३ र ४, निसीखोला १,२,३ र ४ तमानखोला १, २ र ३ को मतगणना सकिएको छ भने तमानखोला ४ को मतगणना जारी छ ।