अब भिजिट भिसामा विदेश जान बार्षिक ५ लाख आम्दानी हुनुपर्ने

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहिबार  ६ : १८


काठमाडौं । सरकारले भिजिट भिसामा विदेश जानेका लागि नयाँ मापदण्ड ल्याएको छ।

गृहमन्त्रालयले बार्षिक न्यूनतम पाँच लाख रूपैयाँ आम्दानी हुनुपर्ने नयाँ मापदण्ड लागू गरेको छ।

गृहले कार्यदलका सिफारिसभन्दा थोरै हेरफेर गरेर अरू मापदण्डहरू पनि जारी गरेको जनाएको छ ।

जारी गरिएका बुँदाहरू कार्यान्वयनमा दुविधा भएमा अध्यागमन कार्यालयका प्रमुखले विभागका महानिर्देशकको पूर्वस्वीकृति लिएर आवश्यक निर्णय गर्न सकिने पनि उल्लेख गरिएको छ। यस्तै अब भिजिट भिसामा जाने नेपालीले कम्तीमा पाँच लाख रुपैयाँ कर योग्य आय भएर कम्तीमा २ लाख ५० हजार रुपैयाँ बैंक बचत देखाए पुग्ने भएको छ।


प्रतिक्रिया दिनुहोस्