चित्रकथा डेभिड र गोलाएथ नेपाली भाषामा प्रकाशित

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहिबार  ५ : ४८


काठमाडौं । स्याली अल्स्चुलरको लेखन र स्भेन नोर्क्विस्टको चित्राङ्कन रहेको चित्रकथा ‘डेभिड र गोलायथ’ नेपाली भाषामा प्रकाशित भएको छ।

कथालय इन्कद्वारा प्रकाशित यस चित्रकथाको नेपाली अनुवाद भिक्टर प्रधानले गरेका हुन्।

स्भेन नोर्क्विस्ट विश्व प्रसिद्ध चित्राङ्कनकर्ताको रुपमा चिनिन्छन्।

यस पुस्तक जनकपुर साहित्य महोत्सवमा फाल्गुन २० गते विमोचन गरिएको थियो। पुस्तक विमोचन कार्यक्रममा उपस्थित हुन लेखक स्याली अल्स्चुलर डेनमार्कबाट नेपाल आएका थिए।

उक्त पुस्तक पाँच वर्ष वा माथिका बालबालिकाका लागि पढेर सुनाउन, पुस्तकबारे छलफल गर्न तथा आठ वर्ष माथिका बालबालिकाले आफै अध्ययन गर्न उपयुक्त प्रकाशकले जानकारी दिएको छ।


प्रतिक्रिया दिनुहोस्