काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालको शैयाबाटै १३ औँ सागको उद्घाटन समारोहको लाइभ हेर्नुभएको छ।
आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले सागको उद्घाटन गर्नुभएको हो। सो समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, नेकपा अध्यक्ष प्रचण्डलगायत उपस्थिती रहेको थियो। स्वास्थ्य अवस्थाका कारण प्रधानमन्त्री ओली समारोहमा सहभागी हुन पाउनुभएको थिएन्।
आफू साग समारोहमा सहभागी हुन नपाएपछि प्रधानमन्त्री ओलीले अस्पतालबाटै उद्घाटको लाइभ हेर्नुभएको प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिनुभएको छ। एपेन्डिसाइटिसको समस्या देखिएपछि प्रधानमन्त्री ओलीको केही दिनअघि शल्यक्रिया गरिएको थियो।
१३ औं सागको भव्य उद्घाटन भन्दै रिमालले ट्वीटरमा लेख्नुभएको छ, ‘हामीले दशरथ रंगशालामा प्रधानमन्त्रीलाई बेस्सरी मिस गर्यौँ। तर उहाँले समारोह मिस गर्नु भएन। अस्पतालको बेडबाटै प्रत्यक्ष प्रशारण पुरै हेर्नु भयो। वाइफाइ व्यबस्थापनको लागि अस्पताल प्रशासनलाई धेरै धेरै धन्यवाद !’