कास्की -२ : विद्याले २४ हजार बढी मत पाउँदा आँप चिन्हलाई आफ्नै एक भोट मात्रै

प्रकाशित मिति : १५ मंसिर २०७६, आइतबार  ४ : ०४


काठमाडौँ । कास्की क्षेत्र नम्बर २ मा आँप चिन्ह लिएर चुनावी मैदानमा उत्रिनुभएका स्तन्त्र उम्मेद्वार यज्ञप्रसाद पंगेनीलाई आफैले हालेको एक भोट मात्र प्राप्त भएको छ। यस क्षेत्रमा नेकपा उम्मेदवार विद्या भट्टराई विजयी हुनुभएको छ। विद्याले कांग्रेसका उम्मेदवार खेमराज पौडेललाई ८ हजार भन्दा धेरै मतले हराउनुभएको हो।

विद्याले २४ हजार ३ सय ९४ मत ल्याउँदा खेमराजले १५ हजार ९ सय ९१ मत प्राप्त गर्नुभयो। पराजय स्वीकार्दै कांग्रेस उम्मेदवार खेमराजले विद्यालाई बधाई पनि दिनुभएको छ। उहाँलाई कार्यकाल सफलताको शुभकामना दिँदै विद्यालाई खादा र माला लगाइदिएर बधाई दिनुभएको हो। 

पोखरा महानगरको ११ वटा वडा पर्ने कास्की २ मा २१ जना प्रतिनिधि सभा सदस्यको लागि चुनावी मैदानमा थिए ।  


प्रतिक्रिया दिनुहोस्