दाङ ३ (ख) मा नेकपाको अग्रता कायमै

प्रकाशित मिति : १५ मंसिर २०७६, आइतबार  ४ : ०४


घोाराही । प्रदेशसभा सदस्यका लागि दाङ ३ (ख) मा जारी मतगणनामा नेकपाले अग्रता कायमै राखेको छ । 

३० हजार ४७९ मत गणना भइसक्दा नेकपाका उम्मेदवार विमला कुमारी खत्रीले १६ हजार ४९७ मत प्राप्त गर्नुभएको छ ।
 
यस्तै  नेपाली कांग्रेसका उम्मेदवार केशबराज शर्माले १२ हजार ८३३ मत प्राप्त गर्नुभएको छ । विमलाले कांग्रेसका उम्मेदवार शर्मालाई पछाडि पार्दै ३६६४ मतले अग्रता लिइरहनु भएको  छ । 

त्यसैगरी राप्रपाका उम्मेदवारले १५९, साझा पार्टीका उम्मेदवारले १३४ मत प्राप्त गरेका छन्, भने अहिले सम्म नेपाली काग्रेस विपी पार्टीले एक मत पनि प्राप्त गर्न सकेको छैन् । त्यसैगरी अहिलेसम्म ५०२ मत बदर भएका छन् ।

शनिवार भएको उपनिर्वाचनमा ४५ हजार ७१८ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस्