मतान्तर फराकिलो बनाउँदै दाङमा नेकपाकी विमला

प्रकाशित मिति : १५ मंसिर २०७६, आइतबार  ३ : ४६


काठमाडौं । दाङ– ३ (ख)को उपनिर्वाचनको मतगणनाअनुसार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की उम्मेदवार विमला वलीले मतान्तर फराकिलो बनाउँदै लग्नुभएको छ । पछिल्लो मतपरिणामअनुसार उहाँले ३ हजार ९ सय ६६ को मतान्तरले नेपाली कांग्रेसका उम्मेदवार केशव आचार्यभन्दा अग्रता लिनुभएको छ ।

पछिल्लो मत परिणामअनुसार विमला वलीले १७ हजार २ सय ९८ मत प्राप्त गर्नुभएको छ । नेपाली कांग्रेसका उम्मेदवार केशव आचार्यले १३ हजार ३ सय ३२ मत प्राप्त गरी विमला वलीलाई पछ्याइरहनु भएको छ ।
 


प्रतिक्रिया दिनुहोस्