भालुको आक्रमणबाट दुई प्रहरी घाइते, उपचारका लागि काठमाडौँ ल्याइयो

प्रकाशित मिति : १५ मंसिर २०७६, आइतबार  ३ : २४


रसुवा ।  ब्यारेकको खानेपानी व्यवस्थापन गर्न काममा खटिएका दुई सशस्त्र प्रहरी भालुको आक्रमणबाट घाइते भएका छन् । 

प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीका अनुसार घाइते हुनेमा सशस्त्र प्रहरी बल भन्सार सुरक्षा एवं राजश्वगस्ती २१ नम्बर गुल्म तिमुरेमा कार्यरत सहायक हवल्दार वीरबहादुर थिङ र प्रहरी जवान किरण तामाङ रहेका छन्।

आक्रमणमा पर्ने रसुवा जिल्ला नौकुण्ड गाउँपालिका–४ स्थायी घर भएका सहायक हवल्दार थिङको टाउकोमा गम्भीर चोट लागेको छ भने नुवाकोट जिल्ला सूर्यगढी गाउँपालिका–१ घर भएका प्रहरी जवान तामाङको अवस्था सामान्य रहेको बताइएको छ । 

रातको समयमा हेलिकप्टर आउन नसक्ने भएका कारण एम्बुलेन्सद्वारा उपचारार्थ काठमाडौँ पठाइएको प्रजिअ भण्डारीले जानकारी दिनुभयो ।


प्रतिक्रिया दिनुहोस्