नेपाली युवाले बनाए महिलामैत्री जायर राइडर सेयरिङ एप, यस्ता छन् विशेषता…

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहिबार  १२ : २९


काठमाडौँ। महिलाको सुरक्षालाई ध्यान दिएर नेपाली युवाहरुले ‘जायर’ नामक राइडर एप बजारमा सार्वजनिक गरेका छन्।

हालै एक कार्यक्रमको अयोजना गरी उक्त एप सार्वजनिक गरिएको हो।

जायरको ब्रान्ड अम्बासडर अभिनेत्री केकी अधिकारी र क्रिकेटर पासर खड्का हुन्। साथै यसको फाइनसीयल पाटनर जोति विकास बैंक रहेको छ।

विशेषता
यस एपमार्फत् सवारी सुविधा लिँदा महिला यात्रुले महिला राइडरकै गाडी बुक गर्न सक्दछन्। जायरका डाइरेक्टर संजय कुमार बोहोराका अनुसार महिला यात्रुले महिला राइडर नै छनौट गर्न पाउनु जायरको मुख्य विशेषता हो।

जायरमा गाडी विग्रिएको बेला सभिर्स सेन्टर कति पर छ कहाँ छ भनेर पनि थाहा पाउन सकिनेछ। अर्थात् मेकानीको सुविधा समेत अनलाईनबाट बुक गर्न सकिनेछ।

नेट नभएको अबस्थामा समेत यो सर्भिस प्रयोग गर्न सकिने छ। साथै पैसा नभएको समयमा लोनमा यात्रा समेत गर्न सकिने सुविधा जायरमा पाइन्छ।

यस एपमार्फत् यात्रुले कम शुल्क तिर्नु पर्ने र राइडरले बढी कमाउन सक्ने छन्।

एप प्रयोग गरेबापत् जीवन विमाको १० लाख र दुर्घटना विमाको एक ला सम्मको इन्सुरेन्स राइडर र यात्रु दुवैको लागि रहने छ।

एप प्रयोग गरेबापत् विभिन्न पोइन्ट जितेर पनि यात्रा गर्ने सकिने छ। जायरमा हाजिरिजवाफजस्ता कार्यक्रममा भाग लिएर पोइन्ट जित्न सकिन्छ।


प्रतिक्रिया दिनुहोस्