पञ्जावमा आम आद्मी पार्टीको सरकार बन्ने लगभग पक्का, मुख्यमन्त्री चन्नीले राजीनामा दिँदै

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहिबार  ११ : २६


दिल्ली। भारतमा आम आद्मी पार्टीको लोकप्रियता दिनदिनै बढ्दै गएको छ।

हालसम्म आम आद्मी पार्टीको सरकार दिल्लीमा मात्र छ। अब यो पार्टीको सरकार पञ्जावमा पनि बन्ने लगभग पक्का भएको छ।

विधान सभा निर्वाचनमा पञ्जावमा आम आद्मी पार्टीले बहुमत ल्याउने देखेपछि काँग्रेस आईको तर्फबाट मुख्यमन्त्री बनेका चरनजित सिंह चन्नीले आजै मुख्यमन्त्री पदबाट राजीनामा दिन लागेको इन्डिया टुडेले जनाएको छ।

आम आद्मीले सरकार बनाउन पर्याप्त सांसदहरु प्राप्त गर्न लागेको जनाइएको छ। अधिकाँश क्षेत्रमा आम आद्मीका उम्मेदवार अगाडि देखिएको बताइएको छ।

खबरअनुसार आम आद्मी पार्टीले ८९ स्थानमा अग्रता लिएको छ। दोस्रोमा काँग्रेसले १४ स्थानमा अग्रता लिँदा क्रमशः समाजवादीले ७ र भाजपाले ४ स्थानमा अग्रता लिएको छ।

आम आद्मी पार्टीले भगवान्त मनलाई पञ्जावको मुख्यमन्त्री बनाउनेछ। बिहीबार बिहानैदेखि भगवान्तको घरमा जुलबी पकाउन थालेको समाचार आएका छन्।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आफ्नो राज्यमा निःशुल्क विद्युत चलाउने सुविधा दिएका छन्। राज्यवासीलाई धेरै सुविधा दिएकाले नै आम आद्मी पार्टीको लोकप्रियता चुलिएको हो।


प्रतिक्रिया दिनुहोस्