महोत्तरीको बलवामा समाजवादी पार्टी विजयी

प्रकाशित मिति : १५ मंसिर २०७६, आइतबार  १२ : ०६


महोत्तरी । महोत्तरीको बलवा नगरपालिका–८ मा भएको वडाध्यक्षको उपनिर्वाचनमा समाजवादी पार्टी विजयी भएको छ । 

मुख्य निर्वाचन अधिकृत विष्णु सुवेदीका अनुसार बलवा नगरपालिका–८ मा समाजवादी पार्टीका रामबाबु महतोले ६५९ मत ल्याएर विजयी हुनुभएको हो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका निर्मल यादवले ३४६ मत ल्याउनुभएको छ भने नेकपाका लक्ष्मेश्वर रायले १५८ मत ल्याएर तेस्रो स्थान हासिल गर्नुभएको हो ।

यस्तै महोत्तरीकै पिपरा गाँउपालिकाको अध्यक्षमा नेकपाका विक्रम चौधरी विजयी हुनु भएको छ । 


प्रतिक्रिया दिनुहोस्