प्यूठानः नेकपा दुई, एक स्वतन्त्र विजयी

प्रकाशित मिति : १५ मंसिर २०७६, आइतबार  ११ : ४८


प्यूठानकाे ऐरावती गाउंपालीका वडा न १ दाङवाङ, र प्यूठान नगरपालीका वडा नं २ मा नेकपाले विजय हासिल गरेको छ। ऐरावती वर्डा नं २ वरौलामा स्वतन्त्र उम्मेद्धवार बिजयी भएका छन। आईतबार सम्पन्न मतगणनामा प्यूठान नगरपालिका २ मा नेकपाका मुक्ती प्रसाद पोख्रेल र ऐरावती १ मा दोर्ण प्रसाद पाडेले जितेका छन।

त्यस्तै ऐरावती २ मा स्वतन्त्र उम्मेद्धवार भिमेस कुमार घर्ती मगर विजयी भएका छन् । ऐरावती वडा नम्वर २ मा नेकपाकाे सहयाेगमा चुनावि मैदानमा उत्रीएका भिमेस कुमार घर्ती मगरले ३ सय ५१ मतको अन्तरले चुनाव जितेका छन्। लौरो चिन्ह लिएर चुनाब लडेका घर्तिले ८५५ मत पाए भने राजमोका उम्मेद्धवार भक्त बहादुर विकले ५०४ मत ल्याए । नेपाली कांग्रेसका उम्मेद्धवार भुपाल जिसिले ३५६ मत मै चित्त वुझाउनुपर्यो। ०७४ को स्थानीय तह चुनाबमा घर्तीमगर ११ मतले वडाअध्यक्षमा पराजित भएका थिए।

ऐरावती १ मा भने झिनो मतान्तरले नेकपाकै दोर्णप्रसाद पाण्डेले जीत हासिल गरेका छन्। उनले निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका उम्मेद्धवार अमर रेस्मिमगरलाई ९ मतले पराजित गर्दै वडाअध्यक्षमा आफ्नो नाम दर्ज गर्न सफल भए । नेकपाका उम्मेद्धबार पाण्डेले ६९६ र उनका प्रतिस्प्रधी काँग्रेसका रेश्मिले ६८७ मत ल्याए। प्यूठान नगरपालिका वडा नम्वर २ को वडा अध्यक्षमा नेकपाका मूक्ती पोखरेल विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका मोहनसिँह विष्टलाई २ सय ८४ मतान्तरले पछी पार्दै पोखरेलले चुनाव जितेका हुन् ।

पोखरेलले १ हजार १ सय २७ र विष्टले ८ सय ४३ मत पाएका छन् । २५ मतबदर भएको छ । ऐरावतीका यी दुई वडामा यश अघि राजमोले जित हासिल गरेको थियो। प्युठान नगरपालिका–२का वडा अध्यक्ष खिमबहादुर विष्टको निधन भएकाले र ऐरावती गाउँपालिका–१ का वडा अध्यक्ष पदम थापा जिल्ला समन्वय समितिको उपप्रमुख र वडा नं. २ वडाका अध्यक्ष केशवराज आचार्य समितिको प्रमुखमा निवार्चित भएपछि तीन वडामा उपनिवार्चन भएको हो ।


प्रतिक्रिया दिनुहोस्