भारतीय सुपरस्टार प्रभासले नेपाली दर्शकलाई भनेः मेराे चलचित्रलाई माया गरिदिनु होला (भिडिओ)

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार  ५ : २७


काठमाडौं। चलचित्र बाहुबलीबाट ख्याती कमाएका भारतीय सुपरस्टा प्रभासले नेपाली दर्शकलाई आफ्नो नयाँ चलचित्र हेरिदिन आग्रह गरेका छन्।

प्रभास अभिनित ‘राधे श्याम’ शुक्रबारबाट नेपालमा पनि प्रदर्शन हुँदैछ। सोही चलचित्रको विषयमा प्रभासले भिडिओ सन्देश जारी गर्दै फिल्म हेरिदिन आग्रह गरेका हुन्।

भिडिओमा उनले भनेका छन्,‘नमस्ते नेपाल। मेरो फिल्म राधेश्याम ११ मार्चमा नेपालका फिल्म हलहरुमा रिलिज हुँदैछ। हेरेर माया गरिदिनुहोला।’

(भिडिओ)


प्रतिक्रिया दिनुहोस्