अल्जाजिरा। युक्रेनमा मिग–२९ लडाकु विमान पठाउने पोल्याण्डको प्रस्ताव अमेरिकाले अस्वीकार गरेको छ।
अल्जाजिराका अनुसार जर्मनीको अमेरिकी एयरबेस मार्फत युक्रेनमा मिग–२९ लडाकु विमानहरू पठाउने पोल्याण्डको प्रस्तावलाई अमेरिकाले अस्वीकार गरेको हो।
यस प्रस्तावले सम्पूर्ण नेटो गठबन्धनका लागि गम्भीर चिन्ता गर्ने अमेरिकी भनाइ रहेको छ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशको वायुसेनालाई थप लडाकु विमान चाहिएको बताएपछि पोल्यान्डले आफ्ना लडाकु विमानहरु युक्रेन पठाउन जर्मनीस्थित अमेरिकी बेस प्रयोग गर्न चाहेको थियो।
तर अमेरिकी बेसबाट लडाकु विमान युक्रेनमा रुसविरुद्ध जाँदा त्यसले खतरा उत्पन्न हुने भन्दै अमेरिकाले पोल्यान्डको माग अस्वीकार गरेको हो।
रुसले युक्रेनको भूमिमा विदेशी सेना उत्रिएको खण्डमा आफूले परमाणु हतियार प्रयोग गर्ने संकेत दिइसकेको छ। रुसले त्यसो भएमा तेस्रो विश्व युद्ध निम्तनसक्ने चेतावनी पनि दिएको छ।