काठमाडौं। युरोपेली कार ब्रान्ड स्कोडाको नयाँ सोरुम र वर्कसप पोखरामा सञ्चालनमा आएको छ।
युरोपियन लिडिङ ब्राण्ड स्कोडाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले स्कोडा कार र एसयुभीको विक्री वितरणका लागि एसएसएल मोटर्सलाई डिलर नियुक्त गरेको हो।
सोमबार एक कार्यक्रमबीच नाडा अटोमोबाइल एसोसिएसनका अध्यक्ष ध्रुव थापा र स्कोडा नेपालका कार्यकारी निर्देशक रौनक अग्रवालले उक्त सोरुम उद्घाटन गरेका हुन्।
पोखरामा सोरुम उद्घाटनका अवसरमा फागुन २४ र २५ गते विशेष टेस्ट ड्राइभ कार्यक्रमको आयोजना गरेको एसएसएल मोटर्सका प्रबन्ध निर्देशक सूर्य बरालले जानकारी दिए।