नेप्सेमा ३० अंकको पहिरो, कारोबार रकमसमेत घट्यो

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार  ३ : ४४


काठमाडौं । बुधबार नेप्से परिसूचकमा गिरावट आएको छ। यस दिन नेप्से परिसूचक २५ सय १४.६५ बिन्दुमा पुगेर बन्द भएको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार बुधबार ३० दशमलव २९ अंकले नेप्सेमा गिरावट आएको छ। मंगलबारको सार्वजनिक बिदापछि खुलेको सेयर बजारमा बुधबार कारोबार रकममा समेत गिरावट आएको छ।

सोमबार नेप्सेमा दुई अर्ब ६० करोड रकम बराबरको कारोबार भएकोमा बुधबार दुई अर्ब ३५ करोड २३ लाख १७ हजार १ सय ४२ रुपैयाँको कारोबार भएको छ।

सेयर बजारमा बुधबार दुई सय २९ कम्पनीको सेयर किनबेच भएको थियो। एक सय ९४ कम्पनीका सेयरधनीले रकम गुमाएका छन् भने जम्मा २९ कम्पनीका सेयरधनीले नाफा कमाएका छन्।


प्रतिक्रिया दिनुहोस्