माओवादीबाट चुनाव जितेका वडाध्यक्ष एमाले प्रवेश, ओलीले गरे स्वागत

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार  ३ : २९


काठमाडौं । नेकपा माओवादी केन्द्रबाट चुनाव जितेका वडाध्यक्ष नेकपा एमालेमा प्रवेश गरेका छन्।

मोरङको रंगेली नगरपालिकाका प्रमुख दिलिप अग्रवाल र उपप्रमुख केशवकुमारी खराल बुधबार नेकपा एमालेमा प्रवेश गरेका छन्।

उनीहरुलाई पार्टीमा स्वागत गर्नको लागि एमाले अध्यक्ष केपी शर्मा ओली मोरङ पुगेका थिए।

अध्यक्ष ओलीले दुबैजनालाई फूलमाला र अबिर लगाएर पार्टी प्रवेश गराए।


प्रतिक्रिया दिनुहोस्