कास्की-२ मा नेकपा दोब्बर मतले अगाडि

प्रकाशित मिति : १५ मंसिर २०७६, आइतबार  १० : ३२


पोखरा । चासोका साथ हेरिएको कास्की २ का लागि शनिवार भएको उपनिर्वाचनको मतगणना जारी छ  । 

तत्कालिन पर्यटनमन्त्री रविन्द्र अधिकारीको निधनपछि रिक्त भएको उक्त क्षेत्रमा उहाँकै पत्नी विद्या भट्टराईले भारी मतान्तरले अग्रता कायम गर्नुभएको छ । 

उपनिर्वाचनमा करिब ४५ हजार ५ सय ६३ मत खसेको थियो । 

आइतबार दिउसोसम्मको अपडेट अनुसार करिब ३० हजार ३ सय ३५ मत गणना भएको छ । 

नेकपा उम्मेदवार भट्टराईले १७ हजार ६ सय ५० मत प्राप्त गर्नुभएको छ । यस्तै नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेलले  ९ हजार २ सय २४ मत पाउनु भएको छ।

तेस्रो स्थानमा समाजवादी पार्टीका धर्मराज गुरूङले १३१६ मत प्राप्त गर्नुभएको छ भने । साझा पार्टीकी उम्मेदवार रजनी केसीले ४५७ मत प्राप्त गर्नुभएको छ।

मतपरिणाम हेर्दा उम्मेदवार भट्टराईको पक्षमानै चुनावि परिणाम आउँने देखिन्छ । तर, अझै ५ वडाको मतपरिणाम भने आउँन बाँकी छ । 

कास्कीमा शनिबार सम्पन्न मतदान पछि राति नै मतगणना शुरु गरिएको थियो । पूर्वमन्त्री रवीन्द्र अधिकारीले चुनाव जितेको क्षेत्रमा उनकै पत्नी विद्या भट्टराईलाई नेकपाले उम्मेदवार बनाएको थियो ।


प्रतिक्रिया दिनुहोस्