काठमाडौं । रोल्पा उद्योग बाणिज्य संघको चुनावमा सत्ता गठबन्धनलाई हराउँदै नेकपा एमाले निकटका उम्मेद्वार विजयी भएका छन्।
अध्यक्षका लागि भएको चुनावमा नेकपा (एमाले)का तर्फबाट उम्मेदवार रहेका केशवकुमार आचार्य र सदस्यमा इन्द्रबहादुर महरा विजयी भएका छन्।
प्रतिस्पर्धी सत्ताधारी गठबन्धनका साझा उम्मेद्वारलाई परास्त गरी एमाले उम्मेवद्वारले जित हासिल गरेका हुन।
एमाले उम्मेद्वार विजयी भएपछि नेकपा एमालेका नेता सूर्य थापाले रोल्पामा सूर्योदय भन्दै ट्विट गरेका छन्।
राेल्पामा सूर्याेदय !
राेल्पा उद्योग बाणिज्य संघकाे अध्यक्षमा नेकपा(एमाले)का तर्फबाट उम्मेदवार रहनुभएका केशवकुमार आचार्य र सदस्यमा इन्द्रबहादुर महराले सत्ताधारी गठबन्धन(माओवादी केन्द्र +नेपाली काँङ्ग्रेस+ माधव गुट+ जनमाेर्चा र राप्रपासमेत)का साझा उम्मेद्वारलाई परास्त गरी pic.twitter.com/OTumKQFdub— Surya Thapa (@ThapajiSurya) March 9, 2022